दफा १३
पैठारी भएको वस्तु फिर्ता गरी सोही प्रकारको वस्तु पुन
पैठारी गर्दा दिइने महसुल सुविधाः (१) नेपालभित्र पैठारी भएको वस्तु जुन उद्देश्यको लागि पैठारी गरेको हो सो उद्देश्य परिपूर्ति हुन नसकेको वा प्रयोगशाला परीक्षणबाट गुणस्तरहीन ठहरिएकोले त्यस्तो वस्तुको शोधभर्ना स्वरूप सोही प्रकारको अर्को वस्तु पैठारी गर्ने वा सो बापत विदेशी मुद्रा भुक्तानी भइसकेको भए त्यस्तो विदेशी मुद्रा फिर्ता ल्याउने शर्तमा भन्सार कार्यालयको प्रमुखले त्यस्तो वस्तु पैठारी भएको वा भन्सार कार्यालयमा आइपुगेको मितिले नब्बे दिनभित्र महसुल नलिई फिर्ता लैजान दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम वस्तु फिर्ता भएकोमा त्यसरी फिर्ता भएको मितिले छ महिनाभित्र शोधभर्ना स्वरूप सोही प्रकारको अर्को वस्तु पैठारी नगरेमा वा त्यस्तो वस्तु पहिले पैठारी गर्दा विदेशी मुद्रा भुक्तानी भइसकेको भए त्यस्तो विदेशी मुद्रा फिर्ता नल्याएमा सम्बन्धित भन्सार अधिकृतले प्रचलित कानून बमोजिम आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा लेखी पठाउनु पर्नेछ)
(३) उपनियम (१) बमोजिम फिर्ता पठाउनु पर्ने वस्तु फिर्ता गर्नु अगावै विदेशको आपूर्तिकर्ताले. सोको शोधभर्ना स्वरूप सोही प्रकारको अर्को .वस्तु पठाएको रहेछ भने पैठारीकर्ताको निवेदन र पेस भएका कागजातबाट त्यस्तो वस्तु शोधभर्ना स्वरूप पैठारी भएको देखिएमा भन्सार अधिकृतले लाग्ने महसुल लिई जाँचपास गर्न सक्नेछ।
(४) उपनियम; (३) बमोजिम शोधभर्ना स्वरूप वस्तु पैठारी भइसकेपछि पहिले पैठारी भएको वस्तु उपनियम (१) बमोजिमको अवधिभित्र. फिर्ता पठाउँदा त्यस्तो वस्तुमा भन्सार महसुल लाग्ने छैन र पहिले पैठारी गर्दा भन्सार महसुल तिरिसकेको भए त्यस्तो भन्सार महसुल फिर्ता दिइनेछ।
तर उपनियम (१) बमोजिमको अवधिभित्र फिर्ता नपठाई .सो अवधिपछ्लि फिर्ता पठाएमा सो वस्तु पैठारी गर्दा भन्सार महसुल तिरिसकेको भए त्यस्तो भन्सार महसुल फिर्ता दिइने छैन।